दफा १५
छानबिनको अभिलेखीकरण
(१) कुनै व्यक्तिले प्राप्त गरेको परिचयपत्र दफा १३ बमोजिम रद्द गर्ने कारबाही प्रारम्भ भएकोमा कारबाहीको टुङ्गो नलागेसम्म परिचयपत्रको प्रयोग गर्न नपाइने गरी कारबाहीको क्रममा रहेको व्यहोरा विभागले सम्बन्धित व्यक्तिको परिचयपत्र सम्बन्धी विद्युतीय अभिलेखमा जनाउनेछ।
(२) उपदफा (१) बमोजिमको कारबाहीबाट परिचयपत्र कायम हुने देखिएमा सो छानबिनको अभिलेख तथ्याङ्क भण्डारमा मात्र रहने व्यवस्था मिलाइनेछ।
(२) उपदफा (१) बमोजिमको कारबाहीबाट परिचयपत्र कायम हुने देखिएमा सो छानबिनको अभिलेख तथ्याङ्क भण्डारमा मात्र रहने व्यवस्था मिलाइनेछ।